अधिकांश खोप डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी

फाइजर वा एस्ट्राजेनेकाको दुई मात्रा खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी रहेको अध्ययनले देखाएको छ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनले बुधबार प्रकाशन गरेको अध्ययन अनुसार विश्वलाई आक्रान्त पारेको डेल्टा भेरियन्टविरुद्ध यी दुई खोपको पूर्ण मात्रा लगाउने व्यक्तिमा प्रभावकारी देखिएको छ।

अध्ययन अनुसार फाइजर खोप डेल्टा भेरियन्ट विरुद्ध ८८ प्रतिशत प्रभावकारी देखिएको छ भने अल्फा भेरियन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ।

त्यस्तै, दुई मात्रा एस्ट्राजेनेकाको खोप भेरियन्टविरुद्ध ६७ प्रतिशत प्रभावकारी रहेको पाइएको छ भने अल्फा भेरियन्टमा ७४.५ प्रतिशत रहेको पब्लिक हेल्थ इंग्ल्याण्डले जनाएको छ।

इजरायलबाट संकलन गरिएको डाटा अनुसार फाइजर खोप लक्षण देखिने रोगहरुमा कम प्रभावकारी रहेको छ भने गम्भीर रोगका लागि प्रभावकारी पाइएको छ।

प्रकाशित अध्ययनअनुसार पहिलो खोप फाइजरको डेल्टाविरुद्ध ३६ प्रतिशत प्रभावकारी रहेको छ भने एस्ट्राजेनेका ३० प्रतिशत प्रभावकारी देखिएको छ।

बेथ डेकोनेस मेडिकल सेन्टरकाअनुसार जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिहरुको एन्टिबडीले पनि डेल्टा भेरियन्टविरुद्ध राम्ररी काम गरेको र यसबाट बनेको इम्युनिटी रेस्पोन्स ८ महिनासम्म रहन्छ।

त्यस्तै, रसियाको खोप स्पुटनिक भी पनि उक्त भेरियन्टविरुद्ध ९० प्रतिशत प्रभावकारी रहेको छ। पहिलेको कोरोना भाइरसविरुद्ध यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको अध्ययनहरुमा देखाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय