बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

हेल्थपोस्ट नेपाल


बर्डफ्लुका कारण भारतमा ११ वर्षिया बालकको मृत्यु भएको छ। यो भाइरसका कारण भारतमा यस वर्ष पहिलो व्यक्तिको मृत्यु भएको हो।

बर्डफ्लु, एभियन इन्फ्लुन्जा कुखुराहरुमा लाग्ने रोग हो। यो मानिसबाट मानिसमा सर्दैन। यो भाइरसबाट ग्रसित चरा तथा कुखुराहरुको सम्पर्कमा रहेका मानिसलाई सर्न सक्छ।

उक्त बालकमा लुकिमिया र निमोनिया दखिएपछि अस्पताल भर्ना गरिएको थियो।

जुलाई २ मा डिल्लीको अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो भने जुलाई १२ मा मृत्यु भएको हो।

उनको नमुनामा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको थियो भने पुने स्थित नेश्नल इन्सिच्युट अफ भाइरोलोजीमा पठाउँदा बर्डफ्लु पुष्टि भएको हो।

बालकमा सिगान बगिरहने, घाँटी सुन्निने र हाँच्छयु आउने लक्षणहरु देखिएको थियो।

जनवरीमा भारतको १४ वटा प्रदेशमा बर्डफ्लु देखिएको थियो। खाद्य विभागले बर्डफ्लु लाग्दा आधा पाकेको वा राम्ररी पाकेका कुखुराका मासुहरु नखान सल्लाह दिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *