अमेरिकी खोप १८ बर्षभन्दा माथिका सबैले पाउने, यी हुन् खोपकेन्द्रहरू ?

अमेरिकी कम्पनी उत्पादन गरेको जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा १८ बर्षभन्दा माथिका सबैले पाउने भएका छन्।

स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले आजदेखि १८ बर्षभन्दा माथिका सबै उमेर समूहका खोप दिन लागिएको जानकारी दिए।

उनका अनुसार स्वास्थ्य सेवा विभागले काठमाडौंलाई अमेरिकी खोप १ लाख ४६ हजार डोज उपलब्ध गराएको थियो।

तर, दुई दिनमा जम्मा ४६ हजारले मात्रै खोप लगाएको स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ।

अब १ लाख डोज खोप बाँकी छ। हामी अल्लि बढीले खोप लगाउने अपेक्षा गरेका थियौं। तर, कम संख्यामा खोप लगाउनु भयो,’ खड्काले हेल्थपोस्टसँग भने , ‘ अब हामी १८ बर्षभन्दा माथिका सबैलाई खोप लगाइदिन्छौं।’

उनले यो खोप कार्यक्रम भोली र पर्सी सम्म चल्ने बताए।

काठमाडौंमा ५५ भन्दा बढी खोप केन्द्रमा जोनसोन एण्ड जोनसोनको खोप दिँदै आएको छ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै आएको थियो।

One thought on “अमेरिकी खोप १८ बर्षभन्दा माथिका सबैले पाउने, यी हुन् खोपकेन्द्रहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय