सन् २०२० मा २ करोड ३० लाख बालबालिका नियमित खोपबाट बन्चित

हेल्थपोस्ट नेपाल

सन् २०२० मा २ करोड ३० लाख बालबालिकाहरूले नियमित स्वास्थ्य सेवा अन्र्तगत पाउने आधारभूत खोपहरु लिनबाट बन्चित भएका छन्।

विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार सन् यो संख्या सन् २०१९ को भन्दा ३७ लाख बढी हो ।

यो विस्तृत विश्वव्यापी बाल्यकालिन खोपहरुसम्बन्धी तथ्याङ्क, कोभिड–१९ को कारणबाट विश्वभरी अवरुद्ध भएका सेवाहरुबारे अवगत गराउने पहिलो आधिकारिक तथ्याङ्क हो । यसले धेरै देशहरूमा अघिल्लो वर्ष बाल्यावस्थाको खोप कभरेजदरमा कमी आएको देखाएको छ ।

यस सम्बन्धमा सबैभन्दा ठूलो चिन्ताको विषय के छ भने, यी बालबालिकाहरू मध्य धेरै जसो – १ करोड ७० लाख जति बालबालिकाले गत वर्ष एउटा पनि खोप नपाएको सम्भावना रहेको र खोपको पहुँचमा भएको असमानता अझै बढेको देखिन्छ ।

यी मध्ये धैरेजसो बालबालिकाहरु द्वन्द्वबाट ग्रस्त समुदायहरु, सेवा–सुविधा अपुग दुर्गम क्षेत्र वा अनौपचारिक वा सुकुम्बासी वस्ती जस्ता ठाउँमा बस्ने गर्दछन, जहाँ उनीहरुले आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाहरू लगायतका विभिन्न सेवाहरुको पँहुचबाट बञ्चित हुने परिस्थितिको सामना गर्नु पर्दछ ।

‘कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि देशहरुले दृढरुपमा आवाज उठाईरहेको बेला हामी अन्य खोपहरूमा भने पछाडी परिरहेका छाैं, जसले गर्दा बालबालिकाहरू घातक तर खोपबाट बचाउन सकिने रोगहरू जस्तै दादुरा, पोलियो र मेनिन्जाइटिस जस्ता रोगहरूको जोखिममा परेका छन्। यसै कारणबाट अनेक रोगहरूको महामारी भएमा, कोभिड–१९ विरुद्ध लडिरहेको समुदाय र समग्र स्वास्थ्य प्रणालीको लागि यो विनाशकारी हुनेछ । त्यसैले तत्काल, बाल्यावस्थामा दिइने खोपहरुमा लगानी गरेर प्रत्येक बालबालिकामा खोपको सुनिश्चितता गर्नु अहिले झन् बढी जरुरी छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा‌. टेड्रोस अद्हानोम घेब्रेयससले भने।

सन् २०२० मा सबै क्षेत्रहरूमा खोपको पहिलो मात्रा लगाउन छुटेका बालबालिकाहरुको संख्या बढदै गएको छ र दशौँ लाख बढी बालबालिकाहरुले पछिल्लो खोपको मात्रा लिन छुटेका छन्।

सन् २०२० मा खोप सेवामा व्यापकरुपमा अवरोध हुन गयो, त्यसमा पनि विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली र पूर्वी भूमध्यसागरीय क्षेत्र सबैभन्दा बढी प्रभावित भए । स्वास्थ्य सेवा र बाह्य खोप सेवाको पहुँच कम हुनाले सबै क्षेत्रमा पहिलो खोप समेत नपाउने बालबालिकाको संख्यामा बृद्धि भएको छ ।

सन् २०१९ को तुलनामा ३५ लाखभन्दा बढी बालबालिकाले डिपीटी को पहिलो मात्रा र साथै ३० लाख भन्दा बढी बालबालिकाहरूले दादुरा विरुद्धको खोपको पहिलो मात्रा लिन छुटेका छन्।

युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरका अनुसार यो तथ्य हाम्रो लागी स्पष्ट चेतावनी हो– कोभिड–१९ को महामारी र सम्बन्धित अवरोधहरुले हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु गुमाउने अवस्थामा पु¥याउन सक्छ र गुमायाँै भने यसको मुल्य सबैभन्दा बढी जोखिममा रहेकाहरुले आफनो जीवन र स्वास्थ्यबाट चुकाउनु पर्ने अवस्था हुन्छ ।
कोभिड–१९ को महामारी सुरु हुनु अगाडि नै हामीले बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने बाल्यकालिन अवस्थामा हुने रोगहरूबाट बचाउन पर्याप्त ध्यान दिन नसकेको चिन्ताजनक संकेत पाइएको थियो, जसमा दुई बर्ष अगाडि वृहतरुपमा फैलिएको दादुराको महामारीलाई समेत लिन सकिन्छ ।

अहिलेको कोभिड–१९ को महामारीले यो अवस्थालाई झनै जटिल बनाएको छ । कोभिड–१९ विरुद्धको खोपको समतामूलक वितरण हुनुपर्छ भनेर हामी सबैको बिचार भए पनि खोपको वितरणमा सधैं विभेद हुने गरेको छ भन्ने बारेमा हामीले हेक्का राख्नुपर्छ र त्यस्तो विभेद हुन दिनु हुँदैन ।

तालिका १ : डी.पी.टी.को पहिलो मात्रा नपाएका बालिबालिकाहरूको संख्यामा सबैभन्दा धेरै बृद्धि भएका देशहरू :
सन् २०१९                                  सन् २०२०
भारत                १,४०३,०००                                ३,०३८,०००
पाकिस्तान        ५६७,०००                                  ९६८,०००
इण्डोनेशिया      ४७२,०००                                  ७९७,०००
फिलिपिन्स       ४५०,०००                                         ५५७,०००
मेक्सिको        ३४८,०००                                            ४५४,०००
मोजाम्बिक      ९७,०००                                            १८६,०००
अंगोला               ३९९,०००                                        ४८२,०००
अर्जेन्टिना     ९७,०००                                                 १५६,०००
भेनेजुएला    ७५,०००                                                   १३४,०००
माली       १३६,०००                                                    १९३,०००

यो तथ्याङ्कले देखाउँछ की मध्यम आय भएका देशहरूमा असुरक्षित बालबालिकाको सङ्ख्या बढ्दो छ, अर्थात खोपको केही न केही मात्रा पाउनबाट बालबालिकाहरु छुटेका छन् । विशेषगरी भारतमा डी।पी।टी।३ को कभरेज अत्याधिक घटेको देखिन्छ जुन ९१ बाट ८५ प्रतिशतमा झरेको छ ।

आर्थिक लगानीको कमी, खोपसम्बन्धी भ्रामक सूचना, अस्थिरता र अन्य कारणहरूले गर्दा विश्व स्वास्थ्य संगठनको अमेरिकी क्षेत्रमा समेत अफ्ठयारो अवस्था देखा पर्न थालेको छ । यहाँ खोप को कभरेज निरन्तर घट्दो छ । यस क्षेत्रमा ८२ प्रतिशत बालबालिकाले मात्र डीपीटी खोपको पूरा मात्रा पाएका छन् । जुन सन् २०१६ मा ९१ प्रतिशत भन्दा झरेको अवस्था हो ।

दादुरा तथा खोपबाट बचाउन सकिने अन्य रोगहरू बढ्न सक्ने जोखिममा देशहरू

कोभिड–१९ को विश्वव्यापी महामारी हुनुभन्दा अगाडि देखि नै बालबालिकालाई दिइने भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, दादुरा र पोलियो रोग विरुद्धका विश्वब्यापी खोपको कभरेज धेरै वर्षसम्म करिब ८६ प्रतिशतमा सीमित रहेको थियो ।

यो दर विश्व स्वास्थ्य संगठनले दादुरा रोगबाट जोगाउन निर्धारण गरेको ९५ प्रतिशत भन्दा धेरै कम छ । बालबालिकाहरुमा खोपद्धारा पँहुच नगरिएमा पहिले देखिने रोगहरुमा दादुरा पर्दछ । यो कभरेज दर अरु खोपबाट बचाउन सकिने रोगहरुबाट बचाउन पनि पर्याप्त छैन ।

धेरै जसो स्रोत र व्यक्तिहरु कोभिड–१९ विरुद्धको काममा केन्द्रित गरिएकोले विश्वका धेरै भागहरूमा बाल्यावस्थामा दिइने खोप सेवामा उल्लेखनिय अवरोध भएको छ । कतिपय देशहरूमा खोप दिने क्लिनिकहरू बन्द गरिएका छन् वा क्लिनिक सञ्चालन हुने समयावधी कम गरिएको छ भने कोभिड–१९ को सङ्क्रमण हुने डर, निषेधाज्ञा र यातायात बन्दका कारण मानिसहरू स्वास्थ्य सेवा लिन हिचकिचाएका छन् वा चुनौतिको सामना गरेका छन् ।

गाभी, द भ्याक्सिन अलायन्सका प्रमुख कार्यकारी अधिकृत डा। सेथ बक्र्ले भने, ‘यो तथ्याङ्क हेर्दा डरलाग्दो स्थिति रहेका र वर्षौँ लगाएर प्राप्त भएको उपलब्धीलाई यो विश्वव्यापी महामारीले तहसनहस गरीरहेकोे देखिन्छ साथै लाखौँ बालबालिकाहरु प्राणघातक र रोकथाम गर्न सकिने रोगहरूको जोखिममा परेका छन् । यो एउटा सचेत गराउने घण्टी हो । हामीले कोभिड–१९ लाई दादुरा, पोलियो र अन्य प्राणघातक रोगहरूको पुनः वृद्धिको कारण बन्न दिनु हुँदैन । कोभिड–१९ विरुद्धको खोपमा विश्वव्यापी र समतामुलक पहुँचको सुनिश्चित गरी उक्त विश्वव्यापी महामारीलाई पराजित गर्दै नियमित खोप कार्यक्रमलाई पुनः सही दिशामा ल्याउनका लागि देशहरूलाई सहयोग गर्न हामी सबैले एकजुट भएर काम गर्नु आवश्यक छ । विश्वभरीका लाखौँलाख बालबालिकाहरु र तिनीहरूका समुदायको भावी स्वास्थ्य तथा समृद्धि यसमा निर्भर गर्दछ ।’

यहाँ प्रकोपजन्य रोगहरूको मात्रै चिन्ता होइन । विद्यालयहरू बन्द हुँदा भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरविरुद्ध बालिकाहरूलाई दिइने ह्युमन पापिल्लोमा भाइरस ९एचपीभी० विरुद्धको खोपको कभरेजमा पनि कमी आएको छ । परिणाम स्वरूप हालसम्म एचपीभी खोप सञ्चालन गरेका देशहरूमा करिब १६ लाख थप बालिकाहरुले सन् २०२० मा उक्त खोप पाएनन् । विश्वव्यापी रुपमा करिब १३ प्रतिशत बालिकाले मात्रै एचपीभी खोप प्राप्त गरे, जुन खोप सन् २०१९ मा १५ प्रतिशतले पाएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *