बढ्यो कोरोना संक्रमण, मंगलबार तीन हजार नाघे

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा तीन हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ हजार १३५ नमुना परीक्षण मध्ये ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा २५ जनाको संक्रमणबाट निधन भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार आज १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म कुल संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ निको भएका छन्।

आज २६ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

देशभर ३२६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *