नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष डा. हरी वदन प्रधानको निधन

हेल्थपोस्ट नेपाल

नेपाल नर्सिङ संघका पूर्व अध्यक्ष प्रा. डा हरी वदन प्रधानको निधन भएको छ।

बिगत केही महिनाअघिदेखि मृगौला र मुटुसम्बन्धी समस्याका कारण थला पर्नुभएका प्राडा प्रधानको त्रिभुवन शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा उपचारको क्रममा आइतबार राती सवा ११ बजे निधन भएको हो ।

महाराजगञ्ज नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व सहायक डिन प्रा. डा. प्रधानले सन् १९६० को दशकमा अमेरिकाबाट नर्सिङमा स्नातक उपाधी प्राप्त गरेकी थिइन्।

प्रधान संघको सातौं कार्यसमितिको अध्यक्ष थिइन्। करिब दुई बर्ष संघको नेतृत्व गरेकी थिइन। संघले उनको निधनमा चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *