स्वास्थ्य सचिव डा. रोसन पोखरेलद्वारा पदबहाली, पहिलो निर्णय – एन्टिबायोटिककाे जथाभावि बिक्री–वितरणमा रोक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिव (प्राविधिक) डा. रोसन पोखरेलले पदबहाली गरेका छन्।

पदबहाली गर्दै सचिव पोखरेलले पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिने बताए।

‘सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिने व्यवस्थापन गर्न तर्फ केन्द्रित हुनेछु,’ डा. पोखरेलले भने।’

डा. पोखरेलले पदभार ग्रहण गरे सगैं एन्टिबायोटिक जथाभावि बिक्री–वितरणमा रोक लगाउने पहिलो निर्णय गरेका छन्।

जसका एन्टिबायोटिकको जथाभावि बिक्री–वितरण  राेक्न समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन्।

आजभोली औषधि पसलमा एन्टिबायोटिक किन्नेको लाइन नै हुन्छ।  चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ।

तर, अधिकांश मानिसहरुले प्रेस्क्रिप्सन बिना सहजै मेडिकलबाट एन्टिबायोटिक किनेर लेराइरहेका हुन्छन्। नेपालमा एन्टिबायोटिकको जथाभावि बिक्री र प्रयोग हुँदै आएको छ।

एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पोखरेललाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । यसअघि पोखरेल स्वास्थ्य सेवा विभागको महानिर्देशक, मन्त्रालयको प्रमुख विशेषज्ञकाे कार्यभार समालिसकेका छन्।

मन्त्रालयमा ०७६ साल पुस २१ गतेदेखि स्वास्थ्य सेवातर्फको सचिव पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय