कोरोना संक्रमणको डर : ओलम्पिक रोक्न माग, टोयटा कम्पनीले विज्ञापन नदिने

जापानमा केही दिनपछि सुरु हुने ओलम्पिकअघि केही खेलाडीहरुमा कोरोना संक्रमण देखिएको छ। खेलाडीलाई राख्न बनाइएको ओलम्पिक एथ्लेट्स भिलेजमा फैलन थालेको जोखिमले स्थानीयमा पनि जोखिम बढाएको जापानका स्वास्थ्य अधिकारीले बताएका छन्।

झण्डै ११ हजार खेलाडी बस्ने ठाउँमा ५८ जना खेलाडी, पत्रकार तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको खेल संयोजकले बताए।

सिमानामा कोरोना परीक्षण पर्याप्त नभएको र खेल हेर्न आउने मानिसहरुलाई रोक्न सम्भव नभएका कारण कोरोना झनै फैलिन सक्ने सम्भावना रहेको छ। उनीहरुमा डेल्टा भाइरसको संक्रमण हुनसक्ने बताइएको छ।

गत साता परीक्षण र क्वारेन्टिनको नियम पालना भए संक्रमण नियन्त्रणमा आउने खेल कमिटीका अन्तर्राष्ट्रिय डाइरेक्टर थोमस ब्याचले बताएका थिए। उनको यस्तो अभिव्यक्तिले जापानका स्थानीयहरु निकै रिसाएका छन्। उनीहरुले खेल रोक्नुपर्ने माग राखेर आन्दोलन थालेका छन्।

५५ प्रतिशत स्थानीयले खेल रोक्न माग राखेका छन् भने ६८ प्रतिशत मानिसले खेल आयोजकहरुले कोरोना संक्रण रोक्न नसक्ने अनुमान गरेका छन्।

यसैबीच, ओलम्पिकमा स्पोन्सर गरेको टोयटा कम्पनीले खेलमा विज्ञापन नगर्ने घोषण गरेको छ।

खेलको उद्घाटनमा पनि उक्त कम्पनीका सिइओ नजाने घोषणा गरेका छन् भने स्पोन्सर गरेका झण्डै ६० कम्पनी पनि ओलम्पिकमा विज्ञापन गर्ने-नगर्ने द्विविधामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय