काठमाडौंमा २० हजारले लगाए जोन्सनको खोप, यी हुन आज र भोली खोप लगाउन पाउने समूह

हेल्थपोस्ट नेपाल

काठमाडौं जिल्लामा सोमबार कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप सोमबार १९ हजार ६७१ जनाले लगाएका छन्।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रि खड्काले जोन्सन एन्ड जोन्सन खोप कार्यक्रमका लागि लक्षित एक लाख ४६ हजार ५२४ जनामध्ये पहिलो दिन १९ हजार ६७१ जनाले यो खोप लिएको जानकारी दिए।

उनका अनुसार अमेरिकी खोपको साउन ६ गते सम्म दिइन्छ।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै छ ।

उनका अनुसार मंगलबार ५१ र ५२ वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु र जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिहरुलाई खोप लगाइने छ।

यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु, जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन छुटेका समूहले लगाउन पाउने छन्।

यी हुन् काठमाडौं‌का ५५ खोप केन्द्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *