डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस समितिले आज बिहान मात्रै तीन जनाको नाम सिफारिस गरेको थियो।

जसमा बरिष्ठताको आधारमा डा. पोखरेल पहिलो नम्बरमा थिए।

त्यसैगरी, १२ औं तहका दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ सचिव हुने दौडमा थिए।

तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो ।

२०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव थिएन ।

श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ ।

उनी आगामी १७ साउनमा अवकाश हुँदैछन्।

डा. पोखरेल र डा सिंहको कार्यकाल भने तीन बर्ष भन्दा बढी समय छ। स्वास्थ्यको प्रशासन तर्फ भने हाल सचिवका रुपमा लक्ष्मण अर्याल कार्यरत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *