कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, २४४५ संक्रमित थपिए

कोरोना संक्रमणका कारण देशभर थप ३२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४४५ संक्रमित थपिएका छन्। ७ हजार ८ सय ३३ जनामा पिसिआर विधिबाट र ३ हजार ८ सय ३१ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा पोजिटिभ देखिएको हो।

त्यस्तै काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा ४७४ संक्रमित थपिएका छन्। २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना मुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणबाट ६ लाख ३३ हजार ३३२ जना कोरोनामुक्त भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय