वडाध्यक्ष र वडासदस्य लागुऔषधसहित पक्राउ

प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पर्साबाट दुईजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ। प्रहरीले पर्सा जिल्लाको पकाहमैनपुर–१ बस्ने अमेरिका सहनी, सोही ठाउँ बस्ने बलिष्टर सहनी र रामआदेश सहनीलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ परेका अमेरिका नेकपा एमालेबाट पकाहमैनपुर गाउँपालिकाको वडाध्यक्ष र बलिष्टर वडासदस्यमा निर्वाचित भएका हुन्।

वीरगंज महानगरपालिका–१९ बर्वामा दुईवटा छुट्टाछुट्टै मोटरसाइकल चढेर आइरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

अमेरिकाले चलाइरहेको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएपछि उनीसहित पछाडि बसेका रामआदेशलाई नियन्त्रणमा लिइएको खनालले जानकारी दिएका छन्।

त्यसैगरी उनीहरू सँगै ना ६२ प १९४२ नम्बरको मोटरसाइकलका चालक बलिष्टरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष अमेरिका र उनका भाइले यसअघि पनि लागुऔषध गाँजासहित पक्राउ परी सजाय काटिसकेका बताइएको छ।

पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय