स्वास्थ्य सचिवको लागि तीन जनाको नाम सिफारिस

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

आज बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो।

स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई पहिलो

नम्बरमा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।  त्यसैगरी, दोस्रो र तेस्रो नम्बरमा क्रमश डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको सिफारिस गरिएको छ।

तीन जनाको नाम सिफारिस मध्ये सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले एक जनाको नाम स्वीकृत गर्छ।

पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीलाई स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि विज्ञको रुपमा मनोनय गरिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *