आजदेखि जोन्सन एण्ड जोन्सनको खोप, देउवाको स्थलगत अवलोकन [फोटोफिचर]

आजदेखि अमेरिकाबाट प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ। ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई खोप दिइँदैछ।

जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ४५० डोज खोप कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको थियो। यो खोप एक डोज मात्रै लगाए पुग्छ।

यसैबीच, काठमाडौंस्थित जोरपाटीबाट खोप लगाउने कार्यक्रमको सुरुवात गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको उपस्थिति थियो। प्रधानमन्त्री देउवा र राजदूत बेरीले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री देउवाले आज काठमाडौंका खोप केन्द्रको स्थलगत अवलोकन गर्दैछन्।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय