आजै स्वास्थ्य सचिव हुने सम्भावना, डा. पोखरेलको पल्ला भारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदको नियुक्ती आजै हुने सम्भावना बढेर गएको छ।
अहिले नाम सिफारिसका लागि बढुवा समितिको बैठक जारी छ। सोमबार नै मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्राविधिक स्वास्थ्य सचिवका लागि नाम सिफारिस गरी आजै मन्त्रिपरिषद्मा पठाउने तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्रोतले जनाकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयमा १२औँ तहका डा. रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ तीन प्रमुख विशेषज्ञ छन्।
महेन्द्र प्रसाद श्रेष्ठको साउनदेखि सेवा निवृती हुने हुँदा अहिले मुख्य डा. पोखरेल र सिंह बीच प्रतिस्पर्धा छ।
सिफारिस समितिले वरिष्ठताका आधारमा सचिव बढुवाको मापदण्ड लागू आधारमा डा. रोसन पोखरेल पहिलो नम्बरमा छन्। तत्कालिन सरकार (एमाले) हुँदा डा. सिंहले सचिव बन्नमा राम्रो लविङ गरेका थिए।
तर, सरकार परिवर्तन सँगै वरिष्ठताका आधारमा प्रमुख नम्बरमा भएमा डा. पोखरेल सचिव बन्ने सम्भावना बढेर गएको छ।
सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानून मन्त्रालयका सचिवका बैठक जारी छ।
स्वास्थ्य सचिवको बढुवामा प्रक्रियालाई प्रभावित पार्न स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल तीब्र चलखेलमा लागेका थिए।आफू अनुकूलको मानिसलाई सचिव बनाउन उनले लामो समयदेखि रिक्त प्रक्रियालाई अवरोध गर्ने काम गर्दै आएका छन्।
अर्यालले सचिव पदका लागि मन्त्रालयबाट सूची बरिष्ठता क्रम नै मिचेका पठाएका थिए। बढुवा समितिले मन्त्रालयबाट आएको विवरण प्रर्याप्त नभएको भन्दै पुन पठाउनका लागि आग्रह गरेको थियो।
पर्याप्त विवरण नपठाएकाले असार २५ गते बस्ने भनिएको सिफारिस समिति बैठक बस्न सकेको थिएन। सचिवको लागि विवरण सुची पठाउँदा वरिष्ठता क्रममा पठाएको मन्त्रालय स्रोतले जनाएको छ।
२०७६ पुस २१ गते स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव पद रिक्त छ।