सरकारका तीन प्राथमिकता, खोप, खोप, खोपः प्रधानमन्त्री देउवा

हेल्थपोस्ट नेपाल

नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको प्रमुख प्राथमिकता कोरोना नियन्त्रण र त्यसका लागि खोप भएको बताएका छन् ।

विश्वासको मतका लागि जारी प्रतिनिधिसभा बैठकमा विभिन्न दलका नेताले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्ट पारेका हुन्।

देउवाले भने, ‘सरकारका तीन प्रथामिकता छन् खोप, खोप खोप’

उनले कोरोना नियन्त्रण गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि खोप प्रमुख महत्व भएको बताए। ‘डेभलपमेन्ट इज इन्पोटेन्ट, लाइफ इन मोर इन्पोटेन्ट’ देउवाले भने ।

उनले कोरोनाबाट पीडित र प्रभावितलाई क्षतिपुर्ति र राहतलमेत दिने बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *