भक्तपुरमा भोलीबाट अमेरिकी खोप लगाइँदै, यी हुन् ४० केन्द्रहरू?

भक्तपुरमा भोलीदेखि अमेरिकाबाट प्राप्त भएको जोन्सन एन्ड जोन्सनको खोप लगाइनेभएको छ।

अमेरिकी  खोप साउन ४ र ५ गते खोप वितरण गर्ने स्वास्थ्य कार्यलय भक्तपुरले जनाएको छ।

भक्तपुरका खोप अधिकृत प्रेम श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालन गर्न करिब ४० केन्द्रहरू तोकिएका छन्। ५० बर्ष देखि ५४ उमेर समूहलाई समूहलाई लगाइने छ।

कार्यलयका अनुसार सो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, र सरसफाईकर्मीहरुलाई समेत दिइने छ।

उनले अमेरिकी खोप लगाउने लक्षित समूह करिब २० हजार भएको जानकारी दिए।

करिब १५ हजार ५० देखि ५४ वर्षकालाई दिइनेछ भने बाँकी ५ हजार खोप अपाङ्ग, अशक्त र छुटेका स्वास्थ्यकमीलाई दिने भक्तपुर कार्यलयले जनाएको छ। अमेरिकी खोप एक डोज मात्रै लगाए पुग्छ।

कहाँ–कहाँबाट लगाउन पाइन्छ?
भक्तपुरमा चारवटा नगरपालिकाका सबै वडा कार्यलयबाट खोप केन्द्र तोकिएका छन्। साथै, केही अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय