आइतबार एक हजार ८०१ जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

A patients receives treatment as they waits outside the passage of a hospital due to a lack of bed inside the Teaching Hospital in Kathmandu. The country is battling a deadly second wave of coronavirus.

पछिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२८ नमुना परीक्षण गरिएकोमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ६६७ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांक छ।

आइतबार देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित छन्। जसमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा छन।

संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भएको मन्त्रालयले जनाएको छ।आज ३४० जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय