प्रधानमन्त्री शेरबहादुर देउवाले भोली खोपकेन्द्रकाे अनुगमन गर्ने

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्ने भएका छन्।

अमेरिकाबाट प्राप्त भएको जोन्सन एन्ड जोन्सनको खोप देशका विभिन्न स्थानबाट भोलीबाट लगाइने छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले अपांग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्नेछन्।

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ। खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।

जोन्सनको १५ लाख ३४ हजार ४५० डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *