स्वास्थ्यका अधिकारीलाई प्रधानमन्त्री देउवाको निर्देशन –खोप खरिदलाई चुस्त रुपमा अघि बढाउनुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन निर्देशन दिएका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल , मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह तथा खोप महाशाखाका प्रमुख तारानाथ पाेखरेल लगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।
देउवाले खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्।
यस्तै, कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि देउवाले निर्देशन दिएको सचिवालयले जनाएको छ।