मास्क एक, फाइदा अनेक

मास्कको प्रयोगसँगै भौतिक दुरी राख्नाले र साबुन पानीले हात धुनाले हामी हदसम्म संक्रमणको जोखिमबाट बच्न सक्छौं।
मास्क लगाउनुका अन्य फाइदा पनि छन् :

कोभिड – १९ संक्रमण चक्र तोडिने
मास्क लगाएपछि कोभिड –१९ भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना कम हुने भएकाले धेरै व्यक्तिहरू संक्रमित हुनबाट बच्छन्।

सामाजिक शिष्टाचार झल्किने
लक्षण नभएका व्यक्तिहरूले पनि भाइरस सार्न सक्ने भएकाले सबैले मास्क लगाउँदा सबै सुरक्षित हुन्छौं। यसबाट एक अर्का प्रतिको सम्मान भाव भल्किन्छ।

जीवन फेरि सामान्य हुने
मास्क लगाएर र जनस्वास्थ्यका अरू मापदण्ड पालना गर्दा हामी फेरी पनि साथीभाईसँग भेट्ने, कार्यलय जाने जस्ता सामाजिक क्रियाकलापहरूमा सहभागी हुनसक्छौं।

आर्थिक गतिविधि बढ्ने
सबै जनाले मास्क लगाउन थाले संक्रमण कम हुन्छ र आर्थिक गतिविधिहरू जस्तै उद्योग,व्यवसायहरू खुल्दा सबैलाई सहज हुन्छ।

शारीरिक स्वस्थयता बढ्ने
मास्क लगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरूवा रोग धुवाँ धुलोबाट पनि बचिने भएकाले शारीरिक स्वस्थता बढ्छ।

मास्क लगाउँदा न त शरीरमा अक्सिजनको कमी हुन्छ, नत हामीलाई यसबाट कुनै बेफाइदा नै, त्यसैले सधै मास्क लगाऔं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय