कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ४१ लाख

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या करिब ४१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म ४० लाख ८१ हजार २ सय ४१ जनाको मृत्यु भएको हो। हालसम्म विश्वभर संक्रमितको संख्या १८ करोड ९९ लाख १७ हजार ४ सय ५८ पुगेको छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ, जहाँ मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८ सय ८१ पुगेको छ। यस्तै, भारतमा ४ लाख १३ हजार ९१, ब्राजिलमा ५ लाख ४१ हजार २ सय ६६, फ्रान्समा १ लाख ११ हजार ६ सय ५७ र रुसमा १ लाख ४५ हजार २ सय २२ जनाको मृत्यु भएको छ।
संक्रमितका हिसाबले पनि अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा ३ करोड ४० लाख ६७ हजार ४ सय २४ संक्रमित पुगेका छन् भने भारतमा हालसम्म ३ करोड १० लाख ६४ हजार ९ सय ८ संक्रमित पुगेका छन्।

यस्तै, टर्कीमा ५० हजार ४ सय ८८, बेलायतमा १ लाख २८ हजार ९ सय ६० र अर्जेन्टिनामा १ लाख १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय