संसद्‍ अधिवेशनको तयारी : ८०१ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि

हेल्थपोस्ट नेपाल

आइतबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकअघि गरिएको एन्टिजेन परीक्षणमा तीनजनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार र शनिबार सभामुख, सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक र पत्रकार गरी ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

परीक्षण गरिएकामध्ये तीन जना कर्मचारीमा संक्रमण देखिएको छ। संक्रमण देखिएकाहरुलाई पिसिआर परीक्षणका लागि पठाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *