वीर अस्पताल खरिद विवादमा स्वास्थ्य सचिव पनि मुछिए

हेल्थपोस्ट नेपाल

केन्द्रीय कमाण्ड अस्पताल (वीर)का लागि खरिद प्रक्रियामा स्वास्थ्य सचिव लक्ष्मण अर्यालसमेत विवादमा तानिएका छन् ।

पछिल्ला दिनमा भएका करोडौंका खरिदमा अर्याल निकटका व्यापारीले पाएसँगै अस्पतालका निर्देशकले समेत सचिवको निर्देशन अनुसार खरिद गरेको बताएपछि यस्तो विवाद उत्पन्न भएको हो।

सचिव अर्यालले स्वायत्त रुपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन विपरीत कोभिड १९ अध्यादेश जारीगसँगै अनुकूलको परिस्थिति बनाएर विभिन्न फर्ममार्फत् अनियमितता गरेको आरोप कर्मचारीहरुको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले समेत आफूले सचिवकै निर्देशन र परामर्शमा खरिद गरिरहेको भन्दै न्याम्सका पदाधिकारीलाई ठाडो चुनौती दिइरहेका छन् ।

गत जेठ ६ गते जारी भएको अध्यादेशका आधारमा वीर अस्पताललाई प्रतिष्ठानको मातहतबाट अलग गरी स्वास्थ्य मन्त्रालय मातहतमा राखि अस्पतालको प्रमुखमा विवादित व्यक्तिलाई नियुक्ति दिएको न्याम्सका पदाधिकारीको आरोप छ।

सरकारी कर्मचारी भएर पनि गौतमको विभिन्न अस्पताललगायत उद्योगमा अर्बौंको शेयर रहेको छ।

सचिव अर्याल र डा. गौतम मिलेमतोमा गौतमका व्यापारिक साझेदार सुन्दर भुषालको म्याक्सिम भन्ने सर्जिकल सामान सप्लाई गर्ने फर्मलाई तीन दिनको समय दिएर २५ करोडको ठेक्का दिलाएका थिए ।

टेन्डर मिलाउनका लागि गौतमले विभिन्न अनियमिततामा संलग्न रहेको भन्दै टिचिङ अस्पतालबाट कारबाहीम परेकी, म्याक्सिम ट्रेडमै काम गर्ने भावना बराललाई वीर अस्पतालमै नियुक्ति दिएको आरोप लागेको छ।

गौतमकै साझेदार भुषालको स्वामित्व रहेको म्याक्सिमले सचिव अर्याललाई करोडौ कमिसन दिएको बताइन्छ।

त्यसैगरी सचिव अर्यालको संरक्षणमा गौतम, अहेव नवराज श्रेष्ठ, अग्निधर बस्याल, डा. अच्युत कार्कीमार्फत वीर अस्पतालको नयाँ भवनका लािग आवश्यक कर्मचारी भर्नावापत आर्थिक लेनदेन र चलखेल गरिएको आरोपसमेत लागेको छ।

यो समूह मेडिकलबोर्डको सिफारिस र कोभिडविरुद्ध भ्याक्सिनको दुरुपयोग विवादमा समेत मुछिएका छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *