६ सय बढी ‘एडल्ट फिल्म’ मा काम गरेकी पोर्न स्टारको शव कारमा भेटियो

हेल्थपोस्ट नेपाल

६ सय बढी एडल्ट फिल्ममा काम गरिसकेकी पोर्न स्टार डाहलिया स्काइको रहस्यमय मृत्यु भएको छ। ३१ वर्षीय उनको शव अमेरिकास्थित लस एन्जल्समा रोकिराखेको एक कारमा भेटिएको थियो। उनको शरीरमा गोलीको दाग पनि थियो।

स्काइको मृत्युलाई प्रहरीले आत्महत्या गरेको हुनसक्ने बताएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको हत्या भएको हुनसक्ने अनुमानसमेत गरिएको छ। तसर्थ प्रहरीले दुवै एङ्गलबाट अनुसन्धान अगाडि बढाएको छ।

स्काइ ब्रेस्ट क्यान्सरकासाथै डिप्रेसनबाटसमेत पीडित थिइन्। उनले सन् २०१० देखि एडल्ट फिल्मको यात्रा सुरु गरेकी थिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *