भारतमै पनि किन सुस्तायो कोरोनाविरुद्ध खोप अभियान?

 

विश्वकै सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गरेको भारतमा अहिलेसम्म जम्मा ५ प्रतिशत जनसंख्याले मात्रै खोप लगाएका छन्। जब कि उसले खोप अभियान सुरु गरेकै ६ महिना बितिसकेको छ।

भारत विश्वमा सबैभन्दा धेरै खोप उत्पादन गर्ने देश पनि हो। अहिलेसम्म भारतमा दैनिक ४० लाख मानिसले खोप लगाइरहेका छन्। तर सरकारी लक्ष्यअनुसार यही वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप लगाएइसक्नका लागि दैनिक करिब ९० लाख मानिसलाई खोप लगाउनुपर्छ।

गत जनवरीमा निकै धुमधामका साथ सुरू भएको खोप अभियानमा विभिन्न अवरोधका बावजुद फेरि सुरू भएको तर निकै सुस्त गतिमा। अधिकारीहरूले यस्तो हुनको पछाडि मुख्य कारण भ्याक्सिन उपलब्ध हुन नसक्नु र त्यसको अनुमति पाउनमा भएको ढिलाइ मान्छन्।

अहिले पनि विश्वका धेरैजसो देशहरूले खोप पाउन सकिरहेका छैनन्। त्यसका लागि उनीहरूले संघर्ष गरिरहेका छन्। तर खोप अभियानको सुरुवातमा कसैले पनि यस्तो सोचेको थिएन कि विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता देश आफै भ्याक्सिनको अभावमा हैरान हुनेछ।

समयभन्दा अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कम्पनीहरूमा भ्याक्सिन अर्डर गरेका थिएनन्। अप्रिलमा जब भाइरसको दोस्रो लहर घातक तरिकाले फैलिन थाल्यो त्यो बेला सरकारले अभियानको दायरा बयस्कतिर बढाउनुपर्ने भयो। त्यो संख्या करिब एक अर्ब थियो।

सरकारी तथ्याङ्कअनुसार जनवरी १६ देखि अहिलेसम्म भारतमा ३९.९३ करोड डोज खोप लगाइएको छ। करिब ३१ करोड २० लाख मानिसले खोपको दुबैमात्रा लगाएका छन् भने ७ करोड ७० लाख मानिसले एक डोजमात्रै लगाएका छन्।

शुक्रबार मात्रै भारतमा ३८ हजार ९ सय ४९ जना संक्रमित थपिएका छन्। गत जुन महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या करिब १० गुणा कम हो।

तर चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले चाँडै नै कोरोनाको तेस्रो लहरको सामना गर्नुपर्ने चेतावनी दिइरहेका छन्।

एकातिर नागरिकले पर्याप्त खोप पाइरहेका छैनन् भने अर्कोतिर देशमा विस्तारै निषेधाज्ञा र प्रतिवन्धहरू पनि खुल्ला भइरहेका छन्। नयाँ भेरिअन्टको फैलावटका लागि यो निकै घातक हुने चिकित्सकहरूको भनाइ छ।

सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म खोप लगाउनेहरूमा ग्रामीण क्षेत्रका महिला १४ प्रतिशतभन्दा पनि कम छन्। अधिकांश गाउँमा महिलाहरू मोबाइल तथा इन्टरनेट सेवाबाट वञ्चित छन्। जसका कारण उनीहरूको पहुँच पनि कम भएको छ।

स्वास्थ्य सेवाको यो असमानताले महामारीको झन भयावह हुने पनि विज्ञहरूको चिन्ता छ।

केही दिनअघिमात्रै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भ्याक्सिन अभावका कारण सरकारकारी खोप केन्द्रहरू बन्द  गर्नुपरेको बताएका थिए।

गत जुनमा सरकारले सर्वोच्च अदालतमा भनेको थियो कि डिसेम्बरसम्ममा एक अर्ब ३५ करोड डोज भ्याक्सिन उपलब्ध हुने बताएको थियो। जब कि भारतमा करिब १ अर्ब ८ करोड डोज खोप आवश्यक ठानिएको छ।

सरकारले ५० करोड डोज कोभिसिल्ड, ४० करोड कोभ्याक्सिन, भारतीय कम्पनी बायोजिकल ई को भ्याक्सिन ३० करोड, रुसी स्पुत्निक १० करोड तथा अहमदावादस्थित जायडस-कौडिलाको जेड वाइ- डि को ५ करोड डोज उपलब्ध हुने भनेर सर्वोच्च अदालतलाई जवाफ पठाएको थियो।

तर अहिले भने भ्याक्सिनको आपूर्ति हुन सकेको छैन। भ्याक्सिनको उत्पादन कम हुँदा भारतले छिमेकी देशलाई बाचा गरेअनुसार पनि दिन सकेको छैन। कम्पनीहरूले पनि बिक्रिका लागि सम्झौता गरिसकेको भ्याक्सिनसमेत दिन सकिरहेका छैनन्।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र रूसमा बनेको स्पुत्निक भ्याक्सिनले भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन्। एजेन्सीहरूकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय