साउन १५ गते भित्र ३२ लाख खोप आउँदै, को पर्छन् प्राथमिकतामा ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने र त्यसका लागि धैर्य गर्न पनि आग्रह गरेको छ।

त्यसका लागि सरकारले योजना बनाइसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

‘खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन्– हामी सबैले खोप पाउँछौं। सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ।’

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ। तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपिल गरेको हो।

मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ।

नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजनामा रहेकाे मन्त्रालयले जनाएकाे छ।

सरकारले अमेरिकी खाेप साउन ४ बाट देशभर लगाउन सुरु गर्ने जनाएकाे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *