स्नातक तहको प्रवेश परीक्षामा तोकियो ३९ केन्द्र, यस्तो छ आयोगको तयारी

चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको लागि ३९ वटा केन्द्र तोकेको छ। साउन ९ देखि सो परीक्षाकेन्द्रबाट जनस्वास्थ्य मापदण्ड अपनाइ आयोगले परीक्षा लिँदै छ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार काठमाडौं उपत्यका २८, पोखरा ३, नेपालगञ्ज २, चितवन ३ र धरान ३ वटा परीक्षाकेन्द्र तोकिएको छ।  कुन–कुन केन्द्रबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा आयोगले दुई–तिन भित्रमा सूचना जारी गर्ने जनाएको छ।

आयोगले विद्यार्थीले रोजेको केन्द्रमा नै परीक्षा हुने जनाएको छ। विद्यार्थीलाई पायक पर्ने र अनलाइन फारम भरेअनुसार स्थानमा परीक्षा दिन सहज वातावरण बनाइएको डा. गिरीले बताए।

स्नातक तहको विभिन्न विद्याको लागि आयोगले ९ देखि १३ गतेसम्म परीक्षाका चल्ने जनाएको छ।

जसअनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।

आयोगले प्रवेशपत्र बाँड्न थालेको छ। कोरोना संक्रमणको त्रास कायम नै रहेकाले परीक्षार्थी पिसिआर अनिवार्य गरिएको छ।

डा. गिरीका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। जसले परीक्षाभर लागि काम दिनेछ।

पिसिआर पोजिटिभ हकमा भने छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ।

‘विद्यार्थीलाई सरकारी प्रयोगशालामा पिसिआर रिर्पोट प्राथमिकता साथ उपलब्ध गराउन लागि आग्रह गरेका छौं,’ डा. गिरीले भने,’ तर, पिसिआर रिर्पोट बिना कसलाई पनि परीक्षामा सामेल गराइदैन्।’

सबै केन्द्रमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका उपायहरु पूर्ण रुपमा पालना गराइ परीक्षा सञ्चालन गर्ने तयारीमा आयोग जुटेको डा. गिरीले बताए।

परीक्षा बिहान ९ देखि १२ बजेसम्म सञ्चालन हुनेछ।  गत भईसक्नुपर्ने प्रवेश परीक्षा कोरोना संक्रमणका कारण पटक–पटक सर्दै आएको छ। विभिन्न विषयमा ३२ हजारभन्दा बढीले स्नातक तहको परीक्षा दिँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय