चीनले थप १६ लाख भेरोसेल खोप अनुदानमा दिने
चीनले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ।
नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न शुक्रबार बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले १६ लाख खोप नेपाललाई अनुदानमा दिन लागेको जानकारी गराएकी छिन्।
पराराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न शुक्रबार सरकारी निवास बालुवाटार पुगेकी थिइन्।
यसअघि नै चीनले १८ लाख खोप अनुदानमा दिइसकेको छ।
सरकारले यसअघि नै चीनबाट ४० लाख डोज खोप भेरोसेल खोप किनेको छ । त्यसको पहिलो खेप ८ लाख डोज नेपाल आइसकेको छ ।
अन्य खोप केही हप्ताभित्रै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।