पुन बढ्यो कोरोना संक्रमित र मृत्युको संख्या, आज मात्रै ४३ को मृत्यु

पछिल्ला केहीदिनयता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। कोरोनाको दोस्रो लहरमा संक्रमतिहरुको संख्या केही कम भएपछि लकडाउन खुल्ला गरिएपनि संक्रमणबाट मृत्यु हुनेको संख्या भने कम हुन सकेको छैन।

आज देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनामा झरेको थियो।

हालसम्म देशभर ९ हजार ५०६ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमित मध्ये नेपालमा मृत्युदर १ दशमलव ५ प्रतिशत छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ९३६ कोरोना संक्रमित थपिएका छन्। ९६१३ जनामा पिसिआर र ४५६९ जनामा एन्टिजेन विधि प्रयोग गरी परीक्षण गरिएकोमा २ हजार ९३६ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, शुक्रबार देशभरबाट १७७५ जना संक्रमणबाट मुक्त भएका छन्। योसंगै कोरोनाबाट निको हुनेसंख्या ६ लाख २८ हजार २४३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय