खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

हेल्थपोस्ट नेपाल

प्रधानमन्‍त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्‍द्रहरू बढाउन निर्देशन दिएका छन्। खोप केन्‍द्रमा लामो लाइन देखिएको भन्‍दै उनले मुख्‍यसचिव र स्वास्‍थ्य सचिवलाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्‍त्री देउवाको सचिवलायका अनुसार खोप केन्‍द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्‍त्री देउवाले निर्देशन दिएका छन्।

हाल प्रधानमन्त्री देउवाले नै स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *