मौज्दात सकिएपछि रोकियो कोरोना खोपकाे अभियान

स्वास्थ्य कार्यलय काठमाडौंले कोरोना खोप अभियान कार्यक्रम स्थगित गरेको छ।

कार्यलयले एक सूचना जारी गर्दै मौज्दात रहेको भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गर्नुपरेको जनाएको छ।

काठमाडौंमा असार २९ गतेदेखि साउन २ भेरोसेल खोप अभियान सञ्चालन गते सम्म लक्ष्य लिएको थियो।

अर्काे सूचना जारी नभएसम्मका लागि भोली खोप लगाउने कार्यक्रम स्थगित भएको कार्यलयका प्रमुख बद्रि खड्काले बताए।

हाल चलिरहेको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक लगायतका मात्रा लगाउन प्राथमिकतामा राखिएको छ।

जसका लागि काठमाडौंमा मात्रै ५० वटा भन्दा बढी खोप केन्द्र तोकिएको छ।

चीनबाट सरकारले खरिद गरेको ८ लाख आएपछि खोप अभियान सञ्चालन गरेको थियो। अन्य खोप आएपछि पुन भरोसेलको खोप कार्यक्रम सुरू गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स)सुविधाअन्तर्गत आएको जोन्सन एण्ड जोन्सनको ‘जानसेन’ खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि ६ गतेसम्म लगाउने तयारी गरेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय