बीपी माग्यो ठुलो संख्यामा स्थायी कर्मचारी, कुन पदमा कति?

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने दरखास्त आव्हान गरेको छ।

मेडिकल अंकोलोजी,प्याथोलोजि,स्टाफ नर्स, मेडिकल फिजिजिसिष्ट, न्यूक्लियर मेडिसिन लगायतका ६३ जनाका लागि स्थायी कर्मचारीका आवेदन माग गरिएको छ।

अस्पतालले नवौं तहका रजिष्ट्रार पदमा मेडिकल अंकोलोजी, प्याथोलोजि, सर्जिकल अंकोलोजि, न्यूक्लियर मेडिसिन, रेडियो डाग्नोसिसि एन्ड इर्मजिङ्ग, मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजीका लागि कर्मचारी माग गरेको छ।

त्यसैगरी, आठौं तहका लागि वरिष्ट सिस्टर, सातौँ तहका लागि मेडिकल फिजिजिसिष्ट, लेखा अधिकृत, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, टेक्निसियन, फार्मेसी सहायक, स्टाफ नर्स, प्रशासन सहायक र जुनियर असिष्टेन्टका गरी ६३ जना कर्मचारीका लागि स्थायी सेवामा कर्मचारी माग गरेको छ।

अस्पतालले सूचना जारी गर्दै आजदेखि २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय