लोकसेवाले सार्वजनिक गर्यो स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा तालिका
लोकसेवा आयोगले स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा तालिका सार्वजनिक गरेको छ।
स्वास्थ्य सेवा, एघारौँ र नवौं तहका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने जनाएको छ ।
त्यस्तै स्वास्थ्य सेवा, आठौं तह र स्वास्थ्य सेवा, सातौँ तहका लागि कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएकाे छ।