कोरोना नलागेका व्यक्तिलाई कालो ढुसी संक्रमण हुन्छ?

म्युकोमाइकोसिस् (कालो ढुसी)  प्राय जसो प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेहका रोगी, स्टेरोइडको अत्याधिक प्रयोग गरेका तथा क्यान्सर रोग भएका व्यक्तिमा देखापर्ने सक्छ।

कोरोना संक्रममित नभएपनि माथि उल्लेखित अवस्थामा वा रोगहरू भएका व्यक्तिमा म्युकोमाइकोसिस्को जोखिम हुन सक्छ।

कालो ढुसीका सामान्य प्रारभ्मिक लक्षणहरू

१.अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने

२.आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने

३. नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने

४. ज्वरो आउने

५. आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले घमिलो देख्ने

६.दाँत दुख्ने वा हल्लिने

जोखिम क–कसलाई हुन्छ?

१.४५ देखि ६५ उमेर समूह

२.डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू

३. धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू

रोकथामका उपायहरू

१. सफा र सुख्खा मास्क प्रर्योग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

३. व्यक्तिगत स्वच्छतामा ध्यान दिने

४. घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने

५. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

६. नुनिलो पानीले नाक सफा गर्ने

७. पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

८. जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने

९. सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

१०. स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय