पानी सर्किएर झापामा एक युवकको मृत्यु

झापामा बिहीबार पानी सर्किएर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ का २४ वर्षीय अर्पण श्रेष्ठ रहेको झापा प्रहरीले जनाएको छ।

गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर उनी बेहोस भएका थिए। उपचारका लागि उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइए पनि बचाउन नसकिएको परिवारले जनाएको छ। बिहान साढे ७ बजेतिर पानी सर्किएर बेहोस भएका उनको बिहान साढे ८ बजे मृत्यु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय