बढ्दै कोरोना संक्रमण, आज ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ नमुना परीक्षण गर्दा दुई हजार ७६ जनामा संक्रमण पुष्टि भएको हो।

बिहिबार देशभर एक हजार ७५७ संक्रमणमुक्त भएका छन्।

हालसम्म कुल संक्रमित मध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ३३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

आज देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा छन्।

संस्थागत आइसोलसनमध्ये ६०२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

देशभर २९२ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय