उपत्यकाका शैक्षिक संस्था अझै नखुल्ने, यस्ता छन् नयाँ निषेधाज्ञामा मापदण्ड

काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको बैठकले शिक्षण संस्थालगायत बढी भीडभाड हुने संस्थाहरुमा अझै निषेध गरेको हो।

जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै, सबै प्रकारका सभासम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, क्लब, स्वीमिङ पुल, मनोरन्जन स्थल, सैलून, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइनेछैन।

यस्तै, नित्यपुजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन भने स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउनेछैनन्।

यस्तै, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरुलाई आवतजावत गर्न दिइनेछ भने उपत्यकाभित्र सञ्चालन हुने निजी सवारीसाधनका हकमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय