विश्वका २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणका कारण सन् २०२० मा विश्वभरिका २ करोड ३० लाख बालबालिका आवश्यक खोप लगाउनबाट बञ्चित भएको बताएका छन्।

२०१९ को तुलनामा २०२० मा ३७ लाख बढी बालबालिका खोपबाट वञ्चित भएका छन्।

यो २००९ पछिको सबैभन्दा उच्च संख्या रहेको डब्लुएचओले जनाएको छ।

बालबालिकाहरुले कोरोना संक्रमणका कारण नियमित तथा जीवनरक्षक खोप लगाउन पाएका छैनन्, जसका कारण भविष्यमा निकै समस्या देखिन सक्ने डब्लुएचओको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय