१० दिनसम्म लगातार बाडुली लागेपछि राष्ट्रपति अस्पताल भर्ना

हेल्थपोस्ट नेपाल

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई लगातार १० दिनसम्म बाडुली नरोकिएपछि अस्पताल भर्ना गरिएको छ। उनको आकस्मिक शल्यक्रिया गरिने सम्भावना रहेको ब्राजिलको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

उनको आन्द्रामा आएको अवरोधबारे परीक्षणका लागि साओपाउलोको एक अस्पतालमा लगिएको छ। बोल्सोनारोले पनि एक ट्वीट गर्दै आफू ठीक भएर चाँडै फर्कने बताएका छन्।

सन् २०१८ को चुनाव प्रचारका क्रममा उनीमाथि धारिलो हतियारले आक्रमण भएको थियो, जसका कारण उनको पेटमा गम्भीर घाउ भएको थियो। सो घटनामा उनको ४० प्रतिशत रगत बगेको बताइएको थियो। त्यसयता थु्रपैपटक उनको शल्यक्रिया भएको थियो।

समाचारमा जनाइएअनुसार बोल्सोनारोलाई बुधबार ब्रासिलियास्थित एक सैनिक अस्पतालमा लगिएको थियो, जहाँ उनी चिकित्सकको निगरानीमा थिए। तर पछि उनलाई साओपाउलोको अस्पताल लगिएको थियो भने त्यहाँ उनको शल्यक्रिया हुनसक्ने बताइएको छ।

ब्राजिलका सरकारी वरिष्ठ अधिकारीका अनुुसार बोल्सोनारोलाई निन्द्रा लगाउने औषधि दिएर साओ पाउलो लगिएको थियो। बोल्सोनारोका छोरा फ्लाविओले पेटमा देखिएको पानी निकाल्न सामान्य अपरेशन गर्नुपर्ने हुनसक्ने बताए। उनको बोल्सोनारोलाई बोल्न पनि समस्या भएपछि अस्पताल ल्याइएको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *