स्वास्थ्य मन्त्रालय भन्छ–कोरोना गार्ड भ्रम मात्रै हो, हल्लाको पछि नलाग्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ।

कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै बजारमा बिक्री भइरहेको र त्यसमा कुनै सत्यता नरहेको मन्त्रालयले प्रष्ट पारेको छ।

विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्याहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन भनेको छ।

‘कोरोना नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला । विज्ञापन गरिएजस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ,’ स्वास्थ्य मन्त्रालय भन्छ, ‘अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन।’

कोरोनाबाट बन्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने र मास्कको प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड सधै प्रयोग गर्ने मात्रै भएकाले सबैलाई यसको पालना गर्न मन्त्रालयले अपिल गरेको छ।

कोरोना गार्डभन्दै विद्युतीय सामग्री बिक्री हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बजारमा चलिरहेको हल्लाको पछाडि नलाग्न आग्रह गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय