काठमाडौं उपत्यकाको निषेधाज्ञा थप गर्ने तयारी, लामो दूरीका सवारी सञ्चालनबारे पनि छलफल हुने

 

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय लिन आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।

संक्रमणको जोखिम अझै पूर्णरुपमा कम नभइसकेको भन्दै उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले १५ दिन थप गर्ने कि भन्ने विषयमा छलफल भइरहेको र अन्तिम निर्णय भने बैठकमार्फत हुने जानकारी दिए।

उनले लामो दूरीका सवारी पनि जिल्लाभित्र सञ्चालन हुन दिने निर्णय हुनसक्ने तर, यो कुरा सिसिएसमीले हेर्ने भएको उनले जानकारी दिए। कामका लागि उपत्यका आउनुपर्ने यात्रुहरुबाट बढी भाडा असुली हुन थालेपछि लामो दुरीका गाडी चलाउन आवश्यक भइसकेको उनले बताए। यसका लागि माथिल्लो निकायमा पनि जानकारी गराइएको निरौलाले‌ जानकारी दिए।

उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेपछि सकिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय