देशभरका ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको नि:शुल्क उपचार हुने (सूची सहित)

हेल्थपोस्ट नेपाल

सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८र०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो ।

यसअघि सरकारले २४ वटा अस्पतालबाट ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सुरू गरेको थियो। यो आर्थिक बर्षमा थप २५ वटा अस्पतालबाट यो सेवा सुचारू हुनेछ।

जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा थप गरिनेमा प्रदेश १ इलाम अस्पताल, संखुवासभा अस्पताल, सुनसरी अस्पताल, प्रदेश नं. २ का कलैया अस्पताल, मलंगवा अस्पताल, राम उमा स्मारक अस्पताल, बर्दिवास अस्पताल  छन् ।

यस्तै, बागमती प्रदेशमा भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, कीर्तिपुर अस्पताल, धुलिखेल अस्पताल  छन् ।गण्डकी प्रदेशमा गोरखा अस्पताल, म्याग्दी अस्पताल, लुम्बिनी प्रदेशमा पृथ्वीचन्द्र अस्पताल, गुलरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, तुलसीपुर अस्पताल, कर्णाली प्रदेशमा जाजरकोट अस्पताल, मेहलकुना अस्पताल  छन् ।  सुदूरपश्चिम प्रदेशका महाकाली अस्पताल, दार्चुला अस्पताल र टिकापुर अस्पतालमा ज्येष्ठ नागरिकले निशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा पाउनेछन्।

क–कसले  निशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा पाउनेछन् ? 

–६० देखि ६९ उमेरका नागरिकलाई निश्चित उपचार सम्बन्धित अस्पतालले तोकेको स्वास्थ्य सेवामा ५० प्रतिशत छुट,

–७० देखि ७९ वर्षका नागरिकलाई शारीरिक अशक्तता,दीर्घरोग र आर्थिक स्थितिका आधारमा सम्बन्धित अस्पतालले तोकेको उपचार सेवामा ७५ प्रतिशत छुट,

–८० देखि ८४ उमेरका नागरिकलाई सम्बन्धित अस्पतालले तोकेको उपचारमा शत प्रतिशत छुट,

–८५ बर्षमाथिका नागरिकलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निशुल्क ।

 



Leave a Reply

Your email address will not be published.