बुधबार २६ हजार ६ सय बढी सक्रिय संक्रमित, मृत्यु कति ?

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ नुमना परीक्षण गरिएकोमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ।

हाल दैनिक नेपालको संक्रमणदर १९ दशमलब २ प्रतिशत छ।

बुधबार देशभर एक हजार ६०६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

बुधबार २९५ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *