एसियाको कोभिड इपिकसेन्टर बन्दै इन्डोनेसिया

हेल्थपोस्ट नेपाल

भारतपछि एसिया महादेशको नयाँ कोभिड इपिकसेन्टर बन्दै छ इन्डोनेसिया। डेल्टा भाइरसको संक्रमणसँगै उक्त देशमा ४० हजार भन्दा बढि दैनिक संक्रमित थपिन थालेका छन्।

संक्रमणका कारण त्यहाँका अस्पताल, स्वास्थ्यकर्मी तथा अक्सिजन आपूर्तिहरुमा पनि अभाव देखिन थालेको छ।

भारतको जनसंख्या भन्दा पाँच गुना कम जनसंख्या रहेको इन्डोनेसियामा दैनिक ९०७ जना व्यक्तिहरुको मृत्यु भइरहेको छ भने भारतमा संक्रमणको उत्कर्षमा पुग्दा दैनिक १०७२ जनाको मृत्यु भएको थियो।

इन्डोनेसियाले हालसम्म १० प्रतिशत मानिसहरुलाई मात्र खोप लगाएका छन् भने भारतमा १४ प्रतिशत, युरोपेलि

मुलुकहरुमा ४६ प्रतिशत र अमेरिकामा ५२ प्रतिशतले खोप लगाइसकेका छन्। इन्डोनेसियाको कोरोना संक्रमित दर २७ पुगेको छ भने भारत २ प्रतिशतमा झरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *