अर्थमन्त्री जनार्दन शर्माकाे पहिलो दिन तीन निर्णय, खोप खरिदका लागि ५ अर्बको सहमति

अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन्।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्।

आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको  सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन्।

जसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।यसैगरी, निःशुल्क उपचार गराएका एवं विभिन्न भत्ताबापत सिर्जना भएको दायित्व व्यवस्थापनका लागि संघीय अस्पताल र निजी अस्पतालहरुको हकमा ५६ करोड ४१ लाख ५७ हजार र प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक र

स्थानीय अस्पतालहरुमा लागि जाने गरी ३७ करोड २४ लाख ९० हजार उपलब्ध गराउने निर्णय
गरेका छन्। पदभार ग्रहणपछि उनले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती मन्त्री शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय