स्वास्थ्य मन्त्रालयको चेतावनी – कसैले खोपको दुरूपयोग गरेमा तुरुन्तै कारबाही
कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले खोप किनबेच गरेको पुष्टि भएमा कारबार्ही हुने बताए।
सरकारले लक्षित वर्ग अनुसार सबैलाई निःशुल्क रूपमा खोप लगाइरहेको छ।
अवैध रूपमा बेच्ने र किनेर लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने डा. पौडेलले बताए।
‘तोकिएको प्राथमिकता भित्र मात्र रही जिल्ला खोप समवन्य र अनुगमन समितिको निर्णयअनुसार खोप दिनुपर्नेछ,’ डा. पौडेलले भने, ‘यदि लक्षित समूह बाहिर गएर खोप दिएको पाइमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’
उनले कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न समेत सबैमा आग्रह गरे।
यसभन्दा अगाडी लक्षित समूहभन्दा बाहिर गएर खोप दिएको समाचार प्रकाशित भएका थिए।
मन्त्रालयले सरकारले नै सबैलाई निःशुल्क खोप दिनेगरी व्यवस्था मिलाएको जनाएको छ । अहिलेसम्म २६ लाख ११ हजारभन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । ११ लाखभन्दा बढीले दुवै डोज खोप लगाइसकेका छन्।
Malaye salary Ra bhatta chaiyo