प्रधानमन्त्री देउवाले भने– कोरोना नियन्त्रण पहिलो प्राथमिकता, स्वास्थ्यमन्त्री काग्रेंसले नै लिन्छ

हेल्थपोस्ट नेपाल

सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चिता तथा कोरोना नियन्त्रण,रोकथामलाई प्राथमिकतामा राखेका काम गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

बुधबार बिहान विभिन्न स्वास्थ्य संगठनका पदाधिकारीसँगको भेटघाट कार्यक्रममा देउवाले स्वास्थ्यमन्त्री काग्रेंसले लिने दाबी गरेका छन्।

तर, कसलाई मन्त्री बनाउने भन्ने कुरा एकिन भइसकेको छैन।

उनले पाट्टीमा छलफल गरेर केही दिन भित्रैमा मन्त्रीको टुंगो लगाउने बताए।

‘कोरोना नियन्त्रणमा हाम्रो पहिलो प्राथमिकता रहन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै एक चिकित्सकले भने, ‘स्वास्थ्यमन्त्रीकाे नेतृत्व काग्रेंसले लिन्छ।’

अघिल्लो सरकारले कोरोना नियन्त्रणमा गरेका कमीकमजोरलाई सुधार गर्दै काम गर्ने बताए।

त्यस्तै, कोभिड–१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह दिन विशेष सल्लाहकार नियुक्त गर्ने जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *