स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता एक हप्ता भित्रै पाउने

सरकारले कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता एक साता भित्र उपलव्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अबको १ हप्ता भित्रै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको हो।

सरकारले फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो।

बैठकपछि सञ्चारकमीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले २०७८ असोज मसान्तभित्र एक तिहाइ जनसंख्यालाई र चैत मसान्तभित्र खोप लगाउन योग्य सम्पूर्ण नेपाली नागरिकलाई कोभिड–१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाउने सुनिश्चित गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यसैगरी, संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह दिन विशेष सल्लाहकार नियुक्त गर्ने लगायतको निर्णय भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय