१९ दिनमै पदमुक्त भए स्वास्थ्यमन्त्री श्रेष्ठ

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ नियुक्त भएको १९ दिनमै पदमुक्त भए। त्यसपछि खाली रहेको स्वास्थ्यमन्त्रीको जिम्मेवारी असार १० गते मन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिइयो।

संयोग,उनी पनि १९ दिनमै मन्त्रीबाट बाहिरिनुपर्‍यो, त्यो पनि सर्वोच्चकै आदेशले। सर्वोच्चले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तगर्न परमादेश जारी गरेसँगै श्रेष्ठ पनि पदमुक्त भए ।

श्रेष्ठले मन्त्रालयको कार्यभार ग्रहण गर्दै एक वर्षभित्रमा चामत्कारिक परिर्वतन गर्ने दाबीसमेत गरेका थिए। यस्तै, उनले एक वर्षभित्रैमा कुनै पनि जनताले मास्क लगाउन नपर्ने दाबीसमेत गरेका थिए।

तीन वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमा पाँच मन्त्रीको हेरफेर भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय